काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्।

महाधिवेशनको तयारीकै सन्दर्भमा नेता पौडेलले बोलाएका हुन्।

नेता पौडेलले बोलाएको भेला आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने स्रोतले जनाएको छ।

सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।

भदौमा तय कांग्रेसको १४औं महाधिवेशनका लागि कांग्रेसभित्र तयारी तीब्र छ। सभापति देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधिले पनि सभापति उठ्ने बताएका छन्।

देउवाले यसअघि आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।निधिले पनि विभिन्न भेटघाट र छलफल गरिरहेका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *