नेप्से कारोबारको अन्तिम दिन बिहीबार पनि शेयर बजारको ओरालो लाग्ने यात्राले निरन्तरता पाएको छ । गत साता मंगलबारको नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागिरहेको छ।

बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २ हजार ८४३ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज  कारोबार संख्या र रकममा पनि भारी गिरावट भएको छ । त्यस्तै आज कारोबारमा आएका कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९.५ रुपैयाँमा कारोबार भएको छ ।

आज कारोबारमा ३३ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । तर १५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा माथिल्लो तामाकोसी ९.८८ प्रतिशत, समृद्धि फाइनान्स २.८६ प्रतिशत, रुरु जलविद्युत् परियोजना २.५६ प्रतिशत, कृषि विकास बैंक २.३४ प्रतिशत, नेपाल हाइड्रोपावर डेभलपमेन्ट डेभलपर्स कम्पनीको २.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै सबैभन्दा बढी मूल्य घट्ने कम्पनीहरुमा न्याग्दी ग्रुप पावर, वरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *