आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले हाल कायम जारी पूँजीको ३० प्रतिशतले हुने आउने रकमको आईपीओ निष्काशन गर्ने भएको हो।

लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्न असार ३१ गते संस्थाको केन्द्रिय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले लघुवित्त संस्थामा हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकमको आईपीओ निष्काशन गर्ने र प्राथमिक शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई दिने तयारी गरेको छ।

यस्तै, सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा आवश्यक सम्पूर्ण कार्यहरु गर्नको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *