RAIN

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेकाले ती प्रदेशमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

मनसुनी वायुको प्रभाव र देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले मंगलबार बिहान  देशभरको मौसम बदली छ। प्रदेश २‚ बागमती‚ लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमतती र  सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *