सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको छ।

१६ औँ सस्करणको युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ ।

एस्माटडम एरिनामा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनो विजिनाल्डमले दुई गोल गरे भने मेम्फिस डिप्पेले एक गोल गरे ।

खेलको २४ औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ५१ औँ मिनेटमा विजिनाल्डमले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५८ औँ मिनेटमा विजिनाल्डमले नै अर्को गोल गर्दै टिमलार्य सहज जित दिलाए ।

जितसँगै समूह सीको नेदरल्यान्ड्सले तीन खेलमा ९ अंक जोडेको छ ।

अर्कातर्फ , सोमबार राति नै सम्पन्न खेलमा युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अस्ट्रियाले युक्रेनलाई १–० गोलले हरायो । युवा खेलाडी क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

जीतसँगै समूह सीमा अस्ट्रिया ६ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भयो । अब अस्ट्रियाले शनिबार अन्तिम १६ को खेलमा इटालीको सामना गर्नेछ । तेस्रो स्थानमा रहेको युक्रेनले आफ्नो भाग्यको फैसलाका लागि समूह चरणको अन्त्यसम्म पर्खनुपर्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *