जनता जमाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जसपाका चारजना मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको छ। उनीहरूलाई सांसदबाट हटाउन स्पष्टीकरण सोधेको जनाइएको छ।

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारमा जसपाका चार जना मन्त्री छन्। सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डे उद्योग, वन तथा वातावरणमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकासराज्यमन्त्री रहेका छन्।

चारै जना मन्त्रीलाई स्पष्टीकरण सोधिएको बताउँदै जसपाका एक नेताले भने “पाँच दिने स्पष्टीकरण सोधेका छौं। जवाफ नदिएमा वा सन्तोषजनक जवाफ नभएमा कारबाही हुन्छ ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *