युरो कप अन्तर्गत आइतबार सम्पन्न समूह ‘ए’ को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ ले हराएको छ।

अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले हराएको हो। खेलको छैटौं मिनेटमै हरिस सेफेरोभिचको गोलमा अग्रता बनाएको स्वीजरल्याण्डका लागि हेर्डन शाक्विरीले दुई गोल थपे। उनले खेलको २६ र ६८ औं मिनेटमा गोल गरेका थिए। टर्कीका लागि इर्फान काहभेचीले ६२ औं मिनेटमा १ गोल फर्काएका थिए।

समूह चरणको खेल सकिएसँगै इटली तीन खेलमै जित निकाल्दै ९ अंक जोडेर दोस्रो चरणमा पुगेको छ। त्यस्तै वेल्स र स्वीजरल्याण्डले समान ४ अंक जोडे पनि गोलअन्तरको आधारमा वेल्स अन्तिम १६ मा पुगेको छ। तेस्रो स्थानमा रहेको स्वीजरल्याण्डको भने अझै सम्भावना रहन्छ यद्यपि समीकरण कुर्नुपर्ने हुन्छ। त्यस्तै टर्की तीनै खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *