काठमाडौं : आज सोमबार निर्जला एकादशी हो । ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ।

आज छरिएका तुलसीको बिउ अंकुरित भएपछि ती बिरुवालाई ठूली एकादशीमा रोप्ने गरिन्छ ।

यस एकादशीमा जल बिना भक्तिपूर्वक व्रत लिने गरिन्छ।

वर्षभरिका एकादशी तिथिको पुण्य प्राप्त हुने विश्‍वासमा आज पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *