साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। आज सुन ४ सयले बढेको हो। आइतबार ८ सयले घटेको थियो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो । शुक्रबार १२ सयले घटेको थियो । यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।
आज छापावाला सुनको प्रतितोला ९० हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ९५० सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २९५ मा कारोबार भइरहेको छ।

