Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

साओ पाओलो : ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो।

यहाँ केही महिना यतादेखि नै कोरोना विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ। ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोडभन्दा बढीले दोस्रो खोप पनि लगाएका छन्। ब्राजिलले यही वर्षको जनवरीदेखि आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेको हो।

ब्राजिल कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित देशहरूको सुचीमा दोस्रो स्थानमा पर्छ। यहाँ अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ।  ब्राजिलमा कोभिड– १९ संक्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण सुरु भएयता ब्राजिलमा हालसम्म १ करोड ७६ लाखभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ। ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रूपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ।

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन्। ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *