काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार
मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय प्रभाव रहेकाले आइतबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ। प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राती देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

