पत्रपत्रिका :
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली कांग्रेसमा आएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा शनिबार भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ कांग्रेस सधैं चिन्तित रहेको बताएका हुन् ।
समाजका केन्द्रीय अध्यक्ष डा.केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने आवश्यकता अौंल्याए । अधिवक्ता कपिलमणि दाहालबाट अवधारणापत्र प्रस्तुत गरिएको कार्यक्रममा संविधानविद् डा. विपीन अधिकारीले टिप्पणी गरेका थिए ।
-नागरिक दैनिकबाट

