कट्टरपन्थी नेता इब्राहिम रइसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

रइसी इरानका वरिष्ठ न्यायधीश हुन् । उनी रुढीवादी विचारधाराका हुन् । रइसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइएको छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रइसी सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्त भएका थिए । रइसी आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकर्ताका रुपमा भन्न रुचाउँछन्।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । हाल इरानका सर्बोच्च नेता अयोतोल्लाह अलि खमेनी हुन् । रइसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *