काठमाडौं : तामाकोशी नदीमा बाढी आउने अवस्था सिर्जना भएपछि दोलखा जिल्ला प्रशासन कार्यालयले सतर्क रहन अपील गरेको छ। नेपाल र चीनको सीमा क्षेत्रमा भारी वर्षा भएको र तामाकोशी नदीको मुहानमा पहिरो जाँदा नदी थुनिएकाले प्रशासनले तामाकोशीको किरानाका बस्तीहरुलाई सचेत रहन अपील गरेको हो।

थुनिएको नदी कुनै पनि बेला फुटेर बाढी आउन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले बाढी बढेको जानकारी पाए स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायलाई खबर गर्नसमेत अपील गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *