काठमाडाैं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका खनालकाे ज्वरो कम हुँदै गएको उनका छाेरा निर्भीक खनालले जानकारी दिएका हुन्।
उनका अनुसार खनाल चिकित्सकको उच्च निगरानीमा रहेका छन्।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई बुधबार नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिल्ली लगिएकाे थियाे।

