काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)का उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको सो पक्षको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए । उनले आफूहरुसँग स्पष्ट बहुमत रहेको र आफूहरु नै आधिकारिक भएको जिकिर गरे ।

