गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको छ भने विपक्षमा २७ मत आएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गरेर सुनाएका थिए।

मतदानमा ५८ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए।

नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *