१६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

आज स्लोभाकिया लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो। स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ। स्वीडेन भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। स्वीडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्नेछन्। दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ। समूह डी मा रहेको क्रोएसिया पहिलो जीत निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो। क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ। चेक रिपब्लिक भने लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो। चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ।

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इङ्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। समूह डीको इंग्ल्यान्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा रहेको छ। इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो।

स्कटल्याण्ड भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो। अंकविहीन स्कटल्याण्ड पुछारमा रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *