काभ्रेमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १२७ रहेको छ। आज १४ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ६२१ पुगेको छ।
यस्तै निको हुनेको संख्या ९ हजार ४०६ र मृत्यु हुनेको संख्या २१९ पुगेको छ।


