करिब डेढ महिनादेखि निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञामा कोरोना जोखिमका कारण आलोपालो सञ्चालन हुँदै आएका बैंकहरू असार सात गतेपछि पूर्णरुपमा सञ्चालन हुने भएका छन्।

निषेधाज्ञा खुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा सञ्चालनका लागि बैंकरबीच सहमति भएको छ। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको छ।

अहिले निषेधाज्ञाका कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेका छन्।

अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुनेछ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो।

वर्षान्त नजिकिँदै गएका कारण पेन्डिङ कामहरु पनि सक्नु पर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *