cuffMan in handcuffs

काठमाडौं । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, गाडीका सहचालक सोही नगरपालिका–८ मानेश्वराका २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङका १८ वर्षीय किशोर रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई गाँजा ल्याएको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *