काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएका ठाकुर पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

बिहीबार बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजकिशोर यादवसहित शरतसिंह भण्डारी, अनिल झा, बिमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, इकवाल मियाँ,  रेणुका गुरुङ र चन्द्रकान्त चौधरीलाई निष्कासित गरेको छ। अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले यसको पुष्टि गरेका छन्।

यादव समूहले यसअघि उनीहरुलाई सात दिने स्पष्टीकरण सोधेको थियो। तर सात दिनभित्र कसैले पनि स्पष्टीकरण नबुझाएपछि आजबाट उनीहरुलाई निष्कासित गरिएको हो।

उपेन्द्र पक्षले यसअघि नै महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निकालिसकेको छ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *