बर्दिया : बासगढी नगरपालिका-८ स्थित नव प्रभात सामुदायिक वनमा निगुरो टिप्न जङ्गल गएका एक वृद्धको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

७८ वर्षीय नारेश्वर सापकोटाको बुधबार साँझ
हात्तीको आक्रमणमा परी ज्यान गएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। सापकोटासँगै रहेका एक जना पुरुषले भने भागेर ज्यान बचाएका छन्।

उपरीक्षक कार्कीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले सापकोटालाई लखटेर मारेको हो  ।

घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ३० किमी पूर्व उत्तरमा पर्दछ । गत साउन यता बर्दिया निकुञ्जका हात्तीले ४ जनाको ज्यान लिइसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *