काठमाडौं : नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपाल, बागमती प्रदेश कमिटीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा दिन माग गरेको छ।

मङ्गलबार युवा संघ प्रदेश कमिटीका १६ जना पदाधिकारीले संयुक्त वक्तव्य जारी गरी पार्टी एकताका लागि प्रधानमन्त्री वा अध्यक्षबाट राजीनामा दिन माग गरेका हुन्।

उनीहरूले भनेका छन्, “एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि जोडदार माग गर्दछौं।

उनीहरूले प्रतिनिधि सभा विघटनको पनि विरोध गरेका छन्। त्यसमा आत्मालोचना गर्न पनि माग गरेका छन्। “जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्मालोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौं,” वक्तव्यमा भनिएको छ।

उनीहरूले एमाले एकताका लागि २ जेठ २०७५ मा फर्किनुपर्नेमा जोड दिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *