काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

देउवाले सरकारलाई विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गरेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङ,सिन्धुपाल्चोकका साथै देशका विभिन्न क्षेत्रमा धनजनको ठूलो क्षति भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *