आज काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना रहेका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

नेपालमा आज २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १५ हजार ३० जना पुगेको छ।

आज ५२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ।

आज १३ हजार २२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ जनाको पीसीआर र १ लाख २३ हजार ३८६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *