सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ।

कोरोना महामारी कायम रहेकाले भौतिकरूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न वातावरण बनी नसकेको हुँदा अझै केही समय लाग्ने जनाएको हो।

त्यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भएको छ। पठनपाठन भने भर्चुअल माध्यमबाट हुने मन्त्रालयले बताएको छ।

साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो। कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो। मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने उल्लेख गरेको थियो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *