काठमाडौं  : युरोकप फुटबलमा अष्ट्रियाले म्यासेडोनियालाई हराउँदै जित हसिल गरको छ ।

रोमानियाको बुचारिस्टमा आइतबार राती भएको खेलामा नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै
अष्ट्रियाले जित हासिल गरेको हो ।

अष्ट्रियाका स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे भने म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अङ्क जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ ।

म्यासेडोनियाले भने सुरुवाती खेल मै हारको सामना गरेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *