काठमाडौं : वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ।

साँझ पौने ६ बजे सुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी रहेका छन् ।
यसअघि विपक्षी गठबन्धनको बैठक प्रायः कांग्रेस सभापति देउवाको निवासमा बस्ने गरेकोमा सोमबार नेता नेपालको निवासमा बसेको हो ।
देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन प्रचण्ड, नेपाल, यादव लगायतले हस्ताक्षर गरेका थिए । शनिबार मात्र देउवा, नेपालसहित ५ जना पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए ।
साँझ पौने ६ बजे शुरू बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी रहेका छन् ।