काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीमा लिक्विड अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले भर्चुवल रूपमा आइतबार शिलान्यास गरेका हुन्।

२०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरिएको , त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरिएको थियो।

२०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरी सेवा प्रदान गर्दै पनि आएको शंकर ग्यास प्रालिले प्रालिले जनाएको छ।

कोभिड–१९ को दोश्रो लहरको कारण मुलुकभर अक्सिजनको अभाव हुँदा प्रालिले पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरे पनि त्यसले पर्याप्त नभएको र अक्सिजनको हाहाकार भएकाले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको सुरुवात गर्न लागेको जनाएको छ।

करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुन लागेको प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाइट्रोजन ग्यास प्रतिदिन उत्पादन गर्न सकिने जनाइएको छ।

यसले अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने अपेक्षा शंकर ग्यास प्रालिले राखेको छ। लागत, ढुवानीलगायत खर्चमा कमी हुने भएकाले सामान्य अक्सिजन ग्यासभन्दा यसको मूल्य कम पर्ने कारणले एउटै मूल्यमा देशभर अक्सिजन उपलब्ध गराउने प्रालिले दाबी गरेको छ।

प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्योगीलाई पनि अवसर प्रदान गरेको बताउँदै अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले यसअघि घोषणा गरेको सहुलियत प्रदान गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *