युरो कप अन्तर्गत शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको छ। डेनमार्कको पार्केनमा सम्पन्न उक्त खेल बीचमा केहीबेर स्थगित भएर पुन: सञ्चालन भएको थियो।

डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन खेलको ४३ औं मैदानमा ढलेपछि खेल स्थगित भएको थियो।

दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

एरिक्सनको अवस्था स्थिर रहेको र अस्पतालमा उपचार भइरहेको यूईएफएले जानकारी दिएको छ।

खेलको दोस्रो हाफमा फिनल्याण्डले जितका लागि निर्णायक गोल गरेको थियो। खेलको ५१ औं मिनेटमा जोएल पोहनपालोले गरेको गोल नै फिनल्याण्डको जितका लागि निर्णायक बन्यो।

समूह बी मा डेनमार्क, फिनल्याण्डसहित रसिया र बेल्जियम छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *