काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिम अस्ट्रेलियासँग पराजित भएको छ ।

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।

पहिलो हाफको ४५औ मिनेटमा रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफमा अस्ट्रेलियाले खेलको छैटौं र ३८अौं मिनेटमा एक एक गोल गरेको थियो भने दोस्रो हाफको ५७औ मिनेटमा तेस्रो गोल गरेको थियो ।

अस्ट्रेलियाका लागि म्याथ्यु लेकि, फरान काराकिक र मार्टिन बोयलीले एक एक गोल गरेका थिए । विश्वकपको छनौट अन्तर्गत नै नेपालले २०१९ मा अस्ट्रेलियाविरुद्ध ५-० को हार बेहोरेको थियो ।

योसँगै नेपालले विश्वकपको छनौट खेलको ८ खेलमध्ये २ खेलमा जित हासिल गरी ६ अंकसहित आफ्नो यात्रा टुङ्ग्याएको छ ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *