काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन ९ दिन पर सार्ने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशन ९ दिन  सारेर भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यसअघि गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

पूर्वनिर्धारित मितिअनुसार अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै कांग्रेस महामन्त्री शसांक कोइरालाले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्तावलाई पास गर्दै केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको
सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *