पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएसँगै चार दलका ५ जना मन्त्रीले शपथ आज लिँदै छन् ।

प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नेपाली र अन्य ५ जनालाई विनाविभागीय मन्त्रीमा शपथ खुवाउने कार्यक्रम रहेको छ ।

कांग्रेसबाट विन्दुकुमार थापा, कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् ।

उनीहरुलाई प्रदेश प्रमुखको निवासमा आजै शपथ खुवाउने कार्यक्रम रहेको,स्रोतले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *