काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल केही बेरअघि सकिएको छ । शुक्रबार सभामुख , संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीबीचको छलफल सकिएको हो ।

छलफलमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव,  राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल रूपमा सहभागी थिए ।

यस छलफलका लागि सभामुख सापकोटाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्ता दिएका थिए। तर, प्रधानमन्त्री भने बैठकमा सहभागी भएनन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *