काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु छलफल गर्दैछन् ।

सभामुख सापकोटाले दलका शीर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीहरुसँग आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै सभामुख सापकोटाले छलफललाई तिव्रता दिइरहेका छन् । उनले यसअघि पूर्व सभामुखहरु र कानुनविद्सँग छलफल गरेका थिए केही दिन अघि कानुनविद्हरुसँगको छलफलमा उनले आवश्यकता परेमा देश र जनताको हितलाई केन्द्रमा राखेर आफुले असाधारण कदम चाल्ने बताएका थिए ।

सभामुख सापकोटाले छलफलका लागि प्रधानन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएका छन् । सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री नजाने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *