चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।

हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्रान्समा एक लाख १० हजारको ज्यान गएको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ट उपाय रहेको अध्ययनहरुले देखाएका छन् । तर विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *