म्यानमारको सैनिक प्रशासनले लोकतन्त्रवादी नेत्री आङ सान सुकीको विरूद्धमा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

सुकीलाई घूसका रूपमा नगद र सुन लिएको आरोप त्यहाँको सैनिक प्रशासनले लगाएको छ ।

मुद्दाको विषय झुट्टा भएको भन्दै नेसनल लिग फर डेमोक्रेसीले सैनिक प्रशासनको कदम सुकीलाई फसाउनका लागि अग्रसर रहेको बताएको छ ।

यस मुद्दामा सुकी दोषी ठहरिए उनलाई १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले कुमार्फत सत्ताको बागडोर सम्हालेपछि सुकीलाई पक्राउ गरेको थियो । त्यसयता नजरबन्दमा रहेकी सुकी अदालतमा अत्यन्त कम देखिएकी छिन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सुकीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *