एजेन्सी:
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई थप्पड हान्ने युवकलाई अदालतले चार महिना जेल सजाय सुनाएको छ।

मङ्गलबार एक सार्वजनिक समारोहमा २८ वर्षीय दामियन तारेलले राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए। थप्पड हान्नासाथ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए।

भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध  हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै चार महिना जेल सजाय सुनाएको हो।

सुनुवाइका क्रममा तारेलले आफूलाई  म्याक्रोंका कारण फ्रान्स अधोगतितिर गइरहेको लाग्ने बताएका छन्। साथीहरूसँग आफूले म्याक्रोंलाई अन्डा र क्रिमले हान्ने योजना बनाएको भए पनि त्यो रोकिएको उनले बताए। थप्पड हान्ने कुराचाहिँ पूर्वयोजना नभएको उनले बताएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *