पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले बिहीबार राती नै विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मनाङेले राजीनामामा जनताप्रति उत्तरदायी जनप्रतिनिधि संस्थालाई जीवित राख्न आफू विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकार निर्माण गर्ने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
मन्त्री मनाङेको राजीनामापछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।

