काठमाडौं: गण्डकी प्रदेशमा २४ घण्टाभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्‍वान गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न आह्वान गरेकी हुन् ।

शनिबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्ने समय दिँदै प्रदेश प्रमुख पौडेलले प्रदेश सभा सदस्यहरुलाई आह्‍वान गरेकी छन्।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत नपाएपछि स्वत: पदमुक्त भएकाले १६८(५) अनुसार मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *