काठमाडौं : विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालको आज अष्ट्रेलियासँग भिडन्त हुँदै छ ।

नेपाली समय राति ९:४५ बजे कुवेतमा खेल हुने छ। विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको नेपाल एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी छ।
यसमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियाविरुद्धको जितले मात्र एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बाँकी रहन्छ।
अष्ट्रेलियाविरुद्ध राम्रो खेल प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्। प्रिमियरमा कन्फ्रेन्समा प्रशिक्षक अलमुताईरीले नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य लिएको र यसले भविष्यमा सकारात्मक सन्देश दिने बताएका छन्।

