काठमाडाैं :नागरिकता अध्यादेशका विषयमा परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाकाे इजलासमा पेशीमा रहेकाे छ।
सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे छ।सर्वाेच्चकाे संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेमा अध्यादेश राेकिनेछ। आदेश जारी नभएमा अध्यादेशअनुसार नागरिकता वितरण सरु हुन सक्नेछ।

