काठमाडौं :पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने बताएका छन् । उनले व्यवस्थापिकाले नै कार्यपालिकाको गठन गर्ने भएकोले कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो प्रश्न राखेका हुन् । उनले लेखेका छन्-“लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन?उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ?उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल ?”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *