काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार साँझ भेटवार्ता भएको छ। संसद्विरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच राजनीतिक भेटघाटको बाक्लिएको छ।

आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ करिब २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेको कुरा शीतल निवास स्रोतले जनाएको छ।
स्रोतका अनुसार साढे ७ बजे शीतलनिवास छिरेका ओली ९ बजेर ५५ मिनेटमा बाहिरिएका थिए। ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते स्वीकृत गरेकी थिइन्।

