काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

गण्डकी प्रदेशसभा बैठकमा बिहीबार भएको मतदानमा उनको पक्षमा जम्मा २७ मत पर्यो भने विपक्षमा ३० मत परेको थियो ।
गुरुङलाई उनकै नेतृत्वको सरकारमा रहेका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले पनि मत दिएनन् । उनी आजको बैठकमा अनुपस्थित रहे ।

