maobadi

जसपा नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।

यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको थियो ।

तर, कांग्रेससँगको सत्ता सहकार्यपछि जसपाले माओवादीलाई एउटा मन्त्रालय मात्रै दिने भनेपछि माओवादी सरकारमा नजाने भएको हो ।

कांग्रेससँग बुधबार सहमतिपछि जसपाले माओवादीसँग पनि वार्ता सुरु गरेको थियो ।

वार्तामा​ माओवादीले दुई मन्त्रालय मागेको तर जसपाले कानुन तथा प्रदेश मामिला मन्त्रालय मात्रै दिने अडान लिएपछि वार्ता भाँडिएको थियो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *