फिदिम : ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएकी पाँचथरको फिदिम नगरपालिका-४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको छ। आफ्नो श्रीमान भगिरथको किरियामा बसेकी सापकोटा जलेर गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा सापकोटाको गएराती १:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बृद्धा सापकोटासहित उनका ४९ वर्षीय छोरा दिनानाथ र ३२ वर्षीय छोरा मदन सापकोटा पनि जलेर घाइते छन्। उनीहरुको पनि मेची अस्पताल भद्रपुरमै उपचार भइरहेको छ।
भगिरथको अत्यष्टि गरेर किरियामा बसेका आमासहित दुई छोराले पानी तताउन ग्यास सल्काउने क्रममा आगलागी भएको थियो। जलेर घाइते भएका उनीहरुलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको थियो।

पाँचथर अस्पतालमा उपचार सम्भव नएपछि उनीहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरेपनि थप उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *