काठमाडाैं : प्रदेश २ मा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने भएका छन्।

बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हुने छलफलपछि कुन मन्त्रालय भन्ने विषयमा टुंगो लाग्ने बताइएको छ। कांग्रेस र माओवादीले पाउने मन्त्रालयको टुङ्गो लागेपछि आज नै शपथ लिने सम्भावना रहेको बताइएको छ।
सत्ता सहकार्यमा तीन दल सहमत भएपछि प्रदेश २ मा १० मन्त्रालय हुने भएका छन्। ५० प्रतिशत अर्थात् ५ वटा मन्त्रालयले आफूसँग राखेर मुख्यमन्त्री लालबाबु राउतले तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिन लागेका हुन्।

