काठमाडौं : सुनसरीमा अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु धरान उपमहानगरपालिकाका विभिन्न वडाका रहेका छन्। २४ वर्षीय विक्रम राई वडा नं.-५ , २७ वर्षीय सिजन राई -३, २६ वर्षीय कालु भन्ने सरोज लिम्बु-४ ,३० वर्षीय वसन्त राई -४ र ३२ वर्षीय रेगन लिम्बु -१५ रहेका छन् ।

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते र बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरुउपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *